६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हस्तकला क्षेत्रका माग सम्बोधन गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता, नीतिगत सुधारमा जोड

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका विभिन्न माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले क्षेत्रको संस्थागत विकास र नीतिगत सुधारका विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रसँग सम्बन्धित नीति निर्माण, परम्परागत कला तथा सीपको संरक्षण, रोजगारी सिर्जना र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए।

महासंघका पदाधिकारीहरूले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने, हस्तकला दिवसलाई राष्ट्रियस्तरमा मनाउनुपर्ने तथा हस्तकला क्षेत्रका लागि आवश्यक संरचना विकास गर्नुपर्ने माग राखेका थिए। प्रधानमन्त्री शाहले ती विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघले हस्तकला दिवसलाई राष्ट्रिय कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने माग राखेपछि प्रधानमन्त्री शाहले यस विषयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन्।

यस्तै, हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन प्रणाली लागू गरी राजस्व वृद्धि गर्नुपर्ने व्यवसायीहरूको सुझावअनुसार आवश्यक प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीले बताएका छन्। निर्यातकर्ताले पाउने पाँच प्रतिशत प्रोत्साहन रकम तीन वर्षदेखि रोकिएको विषयमा पनि पुनः निरन्तरता दिने आश्वासन उनले दिएका छन्।

हस्तकला विकासका लागि उद्योग विभागमा निर्माण गरिएको सार्क हस्तकला विकास केन्द्रको भवन अन्य कार्यालयले प्रयोग गरिरहेको भन्दै महासंघले उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनमा फिर्ता गर्न माग गरेको थियो। सो विषयमा समेत आवश्यक कदम चाल्ने प्रधानमन्त्री शाहले बताएका छन्।

छलफलमा उपत्यकामा हस्तकला ग्राम स्थापना, सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन तथा निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्ने विषयमा पनि प्रधानमन्त्री शाहले चासो देखाएका थिए।

परम्परागत हस्तकला सीपको संरक्षण र हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायत माग महासंघका प्रतिनिधिहरूले प्रस्तुत गरेका थिए। छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।

0 Comments