७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होर्मुज तनावसँगै तेल बजार प्रभावित

अ+ अ-

लन्डन । मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । करिब छ सातापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य यो स्तरमा पुगेको हो ।

अन्तरराष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो । अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडियट’(डब्लुटीआई)क्रुडको मूल्यमा समेत वृद्धि देखिएको छ ।

विश्लेषकका अनुसार अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनाव तथा होर्मुज र बाब अल–मान्देब जलसन्धि हुँदै हुने तेल ढुवानीमा बढेको जोखिमले बजारमा आपूर्ति अवरोधको आशंका बढाएको छ ।

बढ्दो भू–राजनीतिक जोखिमसँगै तत्कालीन आपूर्तिमा देखिएको कमी र कच्चा तेलको अल्पकालीन मागमा भएको वृद्धिले पनि मूल्य वृद्धिमा योगदान पुर्‍याएको बजार सहभागीहरूले बताएका छन् ।

पछिल्ला सातामा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिको क्रम बुधबार पनि जारी रहेको छ । विश्लेषकहरूले मध्यपूर्वको तनाव थप बढेमा भू–राजनीतिक जोखिमका कारण तेलको मूल्यमा थप दबाब पर्न सक्ने र विश्वव्यापी ऊर्जा बजार प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

0 Comments