७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली सेनाको फिर्तीपछि दक्षिणी लेबनानका शहरहरूमा लेबनानी सेना तैनाथ

अ+ अ-

काठमाडौँ । इजरायली सेना पछि हटेसँगै लेबनानी सेनाले दक्षिणी लेबनानका सरिफा र जावतार अल-र्बिया लगायतका शहरहरूमा आफ्नो तैनाथीलाई तिब्रता दिएको छ ।

महिनौंदेखिको द्वन्द्वपछि इजरायली फौज ती क्षेत्रबाट फिर्ता भएपछि लेबनानी सेनाले सुरक्षा व्यवस्था चुस्त बनाउन र नागरिक नियन्त्रण कायम गर्न आफ्नो उपस्थिति बढाएको हो ।

मंगलवार ती सहरहरूमा सेनाका चेकपोइन्टहरू र सैन्य सवारी साधनहरू व्यापक रूपमा परिचालन गरिएको देखिएको छ । सैनिकहरूले सडकमा गस्ती गर्नुका साथै सहरका मुख्य प्रवेशद्वारहरूको सुरक्षा गरिरहेका छन् । द्वन्द्वका कारण व्यापक क्षति पुगेको सरिफा शहरमा भग्नावशेष हटाउन र अवरुद्ध सडकहरू पुन: सञ्चालन गर्न डोजरहरू प्रयोग गरिएको छ । लेबनानी सेनाको कमाण्डले एक विज्ञप्ति जारी गर्दै फ्रोन र सरिफा लगायतका दक्षिणी क्षेत्रहरूमा सेनाले आफ्नो जिम्मेवारी सम्हालिरहेको पुष्टि गरेको छ ।

सेनाकाअनुसार यस परिचालन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन ‘मिलिटरी कोअर्डिनेसन ग्रुप फर लेबनान’ सँग निरन्तर समन्वय भइरहेको छ । यो तैनाथी इजरायली सेनाले खाली गरेका क्षेत्रहरूमा लेबनानी सेनाको भूमिकालाई सुदृढ पार्ने सुरक्षा व्यवस्थाको ढाँचा अन्तर्गत गरिएको हो । लामो समयदेखि विस्थापित भएका स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कने र सम्पतीको अवस्था बुझ्ने आशामा सहर नजिकै भेला हुन थालेका छन् । सुरक्षा जोखिम कायमै रहे तापनि उनीहरूमा उत्साह देखिएको छ । जावतारका बासिन्दा मुस्तफा अम्मारले आफ्नो गाउँ र घर नजिकबाट देख्न पाउँदा र पुन: सुरक्षाको अनुभूति गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

यद्यपि, केही क्षेत्रमा अझै पनि सुरक्षा चुनौतीहरू विद्यमान छन् । जावतारकै अर्का स्थानीय एहसान याघीले आफूहरू गाउँ नजिक पुग्दा इजरायली पक्षबाट गोली प्रहार भएको जानकारी दिए । यद्यपि, आफ्नो थातथलोप्रतिको प्रगाढ सम्बन्धका कारण जस्तोसुकै परिस्थितिमा पनि आफ्नो गाउँ फर्कने अडान उनले व्यक्त गरेका छन् । दक्षिणी लेबनानका नागरिकहरूले आफ्नो भूमिप्रतिको राष्ट्रभक्ति प्रकट गर्दै पुन: सामान्य जीवनमा फर्कने अपेक्षा राखेका छन् ।

0 Comments