काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ उपसमूह (सञ्चार) तर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि प्रहरी उपरीक्षक (एसपी) ई. दामोदर कँडेलको नाम सिफारिस गरिएको छ।
गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले मिति २०८३ साउन ७ गते बसेको बढुवा समितिको निर्णयअनुसार उक्त सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रकाशित सूचनाअनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह (सञ्चार) तर्फ रिक्त रहेको प्रहरी वरिष्ठ उपरीक्षकको एक पदका लागि नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, सञ्चार निर्देशनालय, नक्सालमा कार्यरत प्रहरी उपरीक्षक ई। दामोदर कँडेल सिफारिसमा परेका छन्।
कँडेलले बढुवा मूल्यांकनमा कुल १०० पूर्णांकमध्ये ८५.६६४२ अंक प्राप्त गरेका छन्।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि बढुवा सिफारिस सूची प्रकाशित गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ। सूचनामा बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको हस्ताक्षर रहेको छ।







