काठमाडौँ । नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो ।
सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताए ।
उनले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नभई नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पारेका छन्।







