८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । बाल संरक्षण भत्ताका लागि आएको सरकारी रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले साबिक भरतपुर गाउँ विकास समिति, महोत्तरीका तत्कालीन सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति महोत्तरीको आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत तत्कालीन सहायक लेखापाल सुरुज साहलाई प्रतिवादी बनाउँदै आरोप पत्र दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६८-०६९ मा भरतपुर गाविसका लागि बाल संरक्षण भत्ता वितरण गर्न जिल्ला विकास समिति महोत्तरीबाट ३ लाख ७ हजार २ सय रुपैयाँ निकासा भएको थियो । उक्त रकम सम्बन्धित लाभग्राहीलाई वितरण नगरी नक्कली कागजात तयार गरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा भत्ता बुझेको देखाउने भरपाईमा लाभग्राहीबाहेक अन्य व्यक्तिको सहीछाप तथा औँठाछाप प्रयोग गरिएको र त्यस्ता कागजातका आधारमा पेश्की फर्छ्यौट गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन सचिव कोइरी, कार्यालय सहायक महतो र सहायक लेखापाल साहले आपसी मिलेमतोमा गलत लिखत तयार गरी सरकारी रकम हानि नोक्सानी पुर्‍याएको दाबी गरेको छ ।

तीनै जनाविरुद्ध ३ लाख ७ हजार २ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग दाबी लिइएको अख्तियारले जनाएको छ । उक्त आरोप पत्र विशेष अदालत काठमाडौँमा दायर गरिएको हो ।

0 Comments