९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा १० अर्ब राजस्व संकलन

अ+ अ-

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व संकलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व संकलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।

संकलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्त:शुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्यमा रु आठ अर्ब ९३ करोड, आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड राजस्व संकलन गर्ने लक्ष्यमा रु नौ अर्ब ६१ करोड राजस्व संकलन गरेको थियो ।

तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा आठ दशमलव ७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।

कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेन जेड आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए ।

0 Comments