१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीका मुख्य विपक्षी नेता ओजगुर ओजेलद्वारा राजीनामा, नयाँ राजनीतिक दल घोषणा

अ+ अ-

काठमाडौँ । टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ (सीएचपी)का नेता ओजगुर ओजेलले पदबाट राजीनामा दिँदै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।

ओजेलसँगै पार्टीका ९० जना सांसदहरूले पनि सामूहिक राजीनामा दिएका छन्, जसलाई टर्कीको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तनका रूपमा हेरिएको छ । स्थानीय सञ्चारमाध्यम हुर्रियतकाअनुसार ओजेलले एनी पार्टी नामक नयाँ राजनीतिक अभियानको सुरुवात गर्न लागेका हुन् । कुल ९१ जना सांसदहरूले टर्कीको ई–गभर्नमेन्ट प्रणालीमार्फत आफ्नो राजीनामा बुझाएका छन् । कानुनी प्रक्रियाहरू पूरा भएपछि यी राजीनामाहरू आधिकारिक रूपमा लागू हुनेछन् ।

सांसदहरूको यो ठूलो बहिर्गमनसँगै टर्कीको संसदमा सीएचपीको प्रतिनिधित्व घटेर ४४ सिटमा सिमित हुनेछ । यससँगै सीएचपीले मुख्य विपक्षी दलको हैसियत गुमाउनेछ भने ओजेलको नेतृत्वमा गठन हुने नयाँ एनी पार्टी संसदको दोस्रो ठूलो समूह बन्नेछ । यस फेरबदलले संसदीय समितिहरूको सिट बाँडफाँट र सीएचपीको आन्तरिक नेतृत्व संरचनामा समेत व्यापक असर पार्ने देखिएको छ । सन् २०२३ को नोभेम्बरमा सीएचपीको अध्यक्ष चुनिएका ओजेलकै नेतृत्वमा पार्टीले मार्च २०२४ को स्थानीय निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको थियो । सो विजयले सीएचपीलाई देशको मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको थियो ।

तर सन् २०२३ मा भएको पार्टीको महाधिवेशनलाई अदालतले अवैध ठहर गरेपछि ओजेललाई अध्यक्ष पदबाट हटाइएको थियो । उक्त अदालती फैसलापछि पार्टीभित्र चुलिएको विवाद र विभाजनका कारण ओजेलले अन्ततः नयाँ दल खोल्ने निर्णय लिएको समाचारमा उल्लेख छ । 

0 Comments