१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमार्फत एक वर्षमा ८ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

अ+ अ-

काठमाडौँ । सरकार-सरकार (जी-टु-जी) श्रम सम्झौताअन्तर्गत गत आर्थिक वर्षमा ८ हजारभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायल पुगेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा जी-टु-जी प्रक्रियाबाट कुल ८ हजार १९७ जना रोजगारीका लागि विदेश गएका हुन्। यसमध्ये ६ हजार ९४५ जना पुरुष र १ हजार २५२ जना महिला रहेका छन्।

तथ्यांक अनुसार दक्षिण कोरियामा ७ हजार १०७ जना र इजरायलमा १ हजार ९० जना नेपाली श्रमिक पुगेका छन्।

तर, यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ। आर्थिक वर्ष २०८१-८२ मा जी-टु-जी प्रणालीमार्फत १२ हजार ६५३ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए। उक्त अवधिमा दक्षिण कोरिया जानेको संख्या १२ हजार १४ जना र इजरायल जानेको संख्या ६३९ जना रहेको थियो।

नेपालले दक्षिण कोरियामा सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत श्रमिक पठाउँदै आएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नेपालीलाई सरकारी संयन्त्रमार्फत रोजगारीका लागि दक्षिण कोरिया पठाउने व्यवस्था रहेको छ।

त्यस्तै, सन् २०२० मा भएको श्रम सम्झौतापछि नेपालबाट इजरायलमा विशेष गरी केयरगिभरका रूपमा श्रमिक पठाउने गरिएको छ।

विभागको विवरणअनुसार पछिल्ला चार आर्थिक वर्षमा जी-टु-जी माध्यमबाट ५४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७९-८० देखि २०८२-८३ सम्मको अवधिमा कुल ५४ हजार १५७ जना नेपाली यस प्रक्रियाबाट विदेश गएको तथ्यांक छ।

0 Comments