११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

अ+ अ-

वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल र निरन्तर समन्वयपछि घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

घटना लगत्तै मन्त्री मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरू, नारायणी अस्पताल प्रशासन तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गरेका थिए । 

घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ। 

मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ।

यसैबीच, घटनामा घाइते भएका मेडिकल अफिसर डा। प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै मन्त्री मेहताले दोषीमाथि कानुनबमोजिम कारबाही हुने र स्वास्थ्यकर्मीको सुरक्षा तथा नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

0 Comments