११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्यून

अ+ अ-

काठमाडौँ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्यून देखिएको छ ।

भगवान् शिवको प्रिय महिना मानिने साउनमा नदी स्नान, पूजन र तीर्थाटनको विशेष धार्मिक एवं आध्यात्मिक महत्त्व रहेको शास्त्रहरूमा उल्लेख छ । धार्मिक मान्यताअनुसार साउन महिनामा पवित्र नदीहरूमा स्नान गरी शिवजीलाई जल अर्पण गर्दा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । देवघाटलाई एक पुण्य क्षेत्रका रूपमा लिइने हुनाले यहाँ हरेक वर्ष हजारौँको संख्यामा भक्तजनहरू स्नानका लागि आउने गर्दछन् ।

शास्त्रहरूमा ‘नदी तीर्थे कमा दानम्’ अर्थात् नदी किनारमा गरिने स्नान र दानले मानिसलाई कर्मबन्धनबाट मुक्त गराउने उल्लेख गरिएको छ । यद्यपि, यस वर्ष विगतका वर्षहरूको तुलनामा देवघाटमा भक्तजनहरूको उपस्थितिमा केही कमी देखिएको स्थानीय बताउँछन् । अघिल्ला वर्षहरूमा साउनको सुरुवाती सोमवारदेखि नै श्रद्धालुहरूको व्यापक घुइँचो हुने गरेकोमा यस पटक भने त्यो स्तरको जनसहभागिता नदेखिएको स्थानीय जानकारहरू बताउँछन् ।

साउन महिनाका दुई वटा सोमवार व्यतीत भइसकेका छन् भने अब दुई वटा सोमवार बाँकी नै रहेकाले आगामी दिनमा भक्तजनको संख्या बढ्न सक्ने अपेक्षा गरिएको छ । पछिल्लो समय सञ्चार माध्यमहरूको विकासले गर्दा घरघरमै बसेर तीर्थस्थलहरूको महिमा र जानकारी प्राप्त गर्न सहज भए पनि प्रत्यक्ष तीर्थाटनको आफ्नै विशिष्ट महत्त्व रहेको छ । शास्त्रले तीर्थस्थलमा पाइला टेक्नुलाई मात्रै पनि पुण्य र मुक्तिको मार्ग मानेको सन्दर्भमा भक्तजनहरू गेरु वस्त्र धारण गरी देवघाट पुग्ने क्रम जारी छ ।

नदीमा स्नान गर्ने र पवित्र स्थलको दर्शन गर्ने परम्परालाई धर्मशास्त्रले अटल सत्यका रूपमा व्याख्या गरेको छ । प्रतिकूल मौसम वा अन्य कारणले केही भक्तजनको उपस्थितिमा कमी देखिए पनि देवघाटको धार्मिक गरिमा र साउन महिनाको महिमाप्रति जनविश्वास भने यथावत रहेको छ । 

0 Comments