११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ले नेपाल-जापान सहकार्यमा नयाँ आयाम थप्यो’ : जापानी राजदूत तोरु

अ+ अ-

काठमाडौँ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोल्ने) कार्य सम्पन्न भएको अवसरमा नेपालका लागि जापानका राजदूत माएदा तोरुले यसलाई नेपालको पूर्वाधार विकास र नेपाल–जापान द्विपक्षीय सम्बन्धका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

‘ब्रेक थ्रु’ सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेकै वर्ष यो उपलब्धि हासिल हुनु विशेष अर्थपूर्ण रहेको उल्लेख गर्दै यसले नेपालको सडक यातायात प्रणालीमा नयाँ चरणको सुरुवात गर्ने विश्वास व्यक्त गरे।

राजदूत तोरुका अनुसार काठमाडौँलाई धादिङ हुँदै पोखरासँग जोड्ने प्रमुख सडक करिडोरमा निर्माण गरिएको यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने आवागमन अवरोध घटाउनुका साथै यात्रा समय कम गर्नेछ। उनले यसबाट वस्तु तथा सेवाको ढुवानी थप सहज भई स्थानीय समुदायको जीवनस्तर सुधार तथा राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक टेवा पुग्ने अपेक्षा व्यक्त गरे।

निर्माणका क्रममा हिमाली भू-गर्भीय जटिलता, सक्रिय भौगर्भिक अवस्था, वर्षायाममा हुने पहिरो तथा जमिनको चालजस्ता चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उनले जापानी विज्ञहरूको अनुभव र नेपाली इन्जिनियर तथा श्रमिकहरूको संयुक्त प्रयासबाट आयोजना सफलतापूर्वक अघि बढेको बताए।

उनले जापानमा निर्माण भएका करिब १५ हजारभन्दा बढी सुरुङमार्गबाट प्राप्त प्राविधिक अनुभव यस आयोजनामा उपयोग गरिएको जानकारी दिँदै यस प्रक्रियाबाट नेपाली प्राविधिक जनशक्तिले सुरुङ निर्माण प्रविधि र सुरक्षा मापदण्डसम्बन्धी महत्वपूर्ण ज्ञान तथा अनुभव हासिल गरेको विश्वास व्यक्त गरे।

मुख्य सुरुङको उत्खनन कार्य सम्पन्न भएसँगै अब यसको सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख गर्दै राजदूत तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको दिगो र प्रभावकारी व्यवस्थापनका लागि आवश्यक संस्थागत तथा सञ्चालन क्षमता विकास गर्नेमा जापान सरकार विश्वस्त रहेको बताए।

उनले नेपालको लोकतान्त्रिक अभ्यास र विकास प्रयासप्रति जापानको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याउँदै नागढुंगा सुरुङमार्गले आर्थिक विकासका अवसर विस्तार गर्न योगदान पुर्‍याउने तथा भविष्यमा नेपाल-जापानबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

0 Comments