११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवानगञ्ज घटनापछि गाउँपालिकामा शोक बिदा

अ+ अ-

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकाले कप्तानगञ्ज बजारमा भएको हिंसात्मक घटनापछि दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । घटनामा एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुःख व्यक्त गर्दै शोक बिदाको घोषणा गरेको हो ।

गाउँपालिका–३ अन्तर्गत कप्तानगञ्ज बजारमा भएको दुई समुदायबीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा प्रहरीसहित २२ जना घाइते भएको जानकारी दिइएको छ ।

गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै साउन ११ र १२ गते गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरिएको बताएका छन् । निर्णयअनुसार वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य सेवाबाहेकका अन्य नियमित कार्यालयका काम प्रभावित हुनेछन् ।

गाउँपालिकाले मृतकप्रति सम्मान प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, शोक बिदाका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको जनाएको छ ।

यसअघि आइतबार राति बोलबम यात्राको तयारीका क्रममा डिजे बजाउने र नाचगान गर्ने विषयमा स्थानीय दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएपछि झडपको अवस्था सिर्जना भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।

0 Comments