११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनमा देखिएको कमजोरी सुधार गर्दै कर चुहावट नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउन राजस्व प्रशासनका निकायलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकमा बोल्दै मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको राजस्व लक्ष्य स्पष्ट योजना र कार्यान्वयनसहित पूरा गर्न भन्सार तथा कर प्रशासनका अधिकारीहरूलाई आग्रह गरेका हुन्।

उनले विगतका वर्षहरूको राजस्व संकलनको अवस्थाले संकलन प्रणालीमा असन्तुलन र चुहावटको समस्या देखाएको उल्लेख गर्दै अब त्यसलाई सुधार गर्न परिणाममुखी ढंगले काम गर्नुपर्ने बताए। करदातालाई दबाब दिएर नभई कर प्रणालीप्रति विश्वास र उत्साह सिर्जना गरेर राजस्व विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

राजस्व लक्ष्य निर्धारण गर्दा वैज्ञानिक आधार र वास्तविक अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री वाग्लेले कर प्रशासनमा संलग्न कर्मचारीहरूलाई परम्परागत सहज कार्यशैलीबाट बाहिर निस्केर प्रभावकारी व्यवस्थापनमा केन्द्रित हुन निर्देशन दिए। राज्य सञ्चालनका लागि कर आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवारी पूरा गर्ने कर्मचारीलाई प्रोत्साहन र अनियमितता गर्नेहरूलाई कारबाहीको नीति रहने स्पष्ट पारे।

मन्त्री वाग्लेले भन्सार, आन्तरिक राजस्व र अन्य कर प्रशासनका निकायलाई लक्ष्य पूरा गर्न आवश्यक स्रोत तथा साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। उनले नागरिकलाई कर प्रणालीमा आबद्ध गराउन जनचेतना विस्तार, कर छुटसम्बन्धी सरकारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा करदाता प्रोत्साहन योजनालाई परिणाममुखी बनाउन निर्देशन दिए।

राजस्व चुहावट नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले भन्सार विभागलाई मुलुकका प्रमुख १४ भन्सार कार्यालयमा तीन महिनाभित्र सवारीसाधन स्क्यानर उपकरण जडान गर्न निर्देशन दिए। यसअघि प्रयोगमा रहेका तर हाल सञ्चालनमा नरहेका स्क्यानर उपकरणलाई समेत मर्मत गरी पुनः सञ्चालनमा ल्याउन उनले सम्बन्धित कार्यालयलाई आग्रह गरे।

भन्सार तथा कर क्षेत्रमा हुन सक्ने अनियमितताको सूक्ष्म निगरानी गर्न र व्यवसायीलाई त्रसित बनाउनेभन्दा कर प्रणालीबारे जानकारी गराउँदै दायरामा ल्याउने वातावरण बनाउनुपर्नेमा पनि मन्त्री वाग्लेले जोड दिए।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले कर तथा राजस्व संकलनमा आएको कमीका कारण पहिचान गरी सुधारका उपाय अघि बढाउन मातहतका अधिकारीहरूलाई निर्देशन दिए। उनले वास्तविक आर्थिक गतिविधि र राजस्व तथ्यांकबीच देखिएको अन्तरको विश्लेषण गरी कमजोरी सुधार गर्नुपर्ने बताए।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको विगतको अवस्था, हालको स्थिति र आगामी लक्ष्य प्राप्तिका चुनौतीबारे जानकारी प्रस्तुत गरेका थिए।

यस्तै, भन्सार विभागका महानिर्देशक यमलाल भुसालले विभागले अघिल्लो वर्ष प्राप्त गरेको राजस्व लक्ष्य, उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेका कर छुट तथा प्रोत्साहन कार्यक्रम कार्यान्वयनका लागि विभाग सक्रिय रहेको जानकारी गराएका थिए।

0 Comments