१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

अ+ अ-

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किएपछि कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा कोशी कटान क्षेत्रका केही पसलमा लुटपाट, तोडफोड र आगजनी भएको बताइएको छ। घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घाइते भएका थिए। घटनापछि कप्तानगञ्ज र आसपासका क्षेत्रमा तनाव कायमै छ। उपलब्ध विवरणअनुसार घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानदेखि दक्षिणी सुनसरीका पाँच बजार क्षेत्रमा कर्फ्यु लगाएको थियो। तर, कर्फ्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भएपछि प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको छ।

मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा भने कर्फ्यु आदेश यथावत् छ।

निषेधाज्ञा अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा तथा भीडभाड गर्न रोक लगाइएको छ। प्रशासनले नागरिकलाई संयमित रहन, कर्फ्यु तथा निषेधाज्ञाको पालना गर्न र शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। कर्फ्यु र निषेधाज्ञा फरक क्षेत्र तथा समयावधिमा लागू गरिएको प्रशासनिक विवरणमा उल्लेख छ। स्थानीय प्रशासन ऐनअन्तर्गत पाँच बजार क्षेत्रमा कर्फ्यु र दुवै गाउँपालिकाभर निषेधाज्ञा लगाइएको हो।

0 Comments