काठमाडौँ। साताको कारोबारको क्रममा नेपाली सेयर बजारमा सामान्य गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घट्दै २६९६ अंकमा कायम भएको छ।
अघिल्लो कारोबार दिन बजार परिसूचक ३३.२८ अंकले ओरालो लागेको थियो। त्यस दिन नेप्से २७०१ अंकमा बन्द भएको थियो।
मंगलबारको कारोबार अवधिभर बजारमा उतारचढाव देखिएको थियो। दिनको मध्यतिर १२ बजेर १० मिनेटमा नेप्से परिसूचक घटेर २६८१ अंकको न्यून विन्दुमा पुगेको थियो।
यस दिन सेयर कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ।
बजारमा देखिएको सामान्य गिरावटसँगै लगानीकर्ताको कारोबार गतिविधिमा पनि संकुचन देखिएको छ।






