काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
क्यान्सर रोगबाट पीडित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको थियो। श्रेष्ठको निधनले आफू मर्माहत भएको उल्लेख गर्दै देउवाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका हुन्।
देउवाले श्रेष्ठलाई काँग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री तथा आफ्नो निकट मित्रका रूपमा स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदान दीर्घकालसम्म सम्झनायोग्य रहने बताएका छन्।
उनले दिवंगत श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
हाल उपचारका क्रममा हङकङमा रहेका देउवाले श्रेष्ठको राजनीतिक योगदान र पार्टीप्रतिको समर्पणलाई स्मरण गरेका हुन्।






