१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी लगानी ९ खर्ब ६५ अर्बभन्दा बढी, गत वर्ष ५६ अर्बभन्दा बढी आम्दानी

अ+ अ-

काठमाडौँ । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म सरकारको लगानी उक्त सीमामा पुगेको हो ।

सरकारी लगानीमध्ये शेयरतर्फ ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ र ऋण लगानीतर्फ ५ खर्ब ५५ अर्ब २५ करोड ३५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०८२–८३ मा मात्रै ३४ अर्ब ९२ करोड ७१ लाख ९६ हजार रुपैयाँ थप लगानी गरेको छ । उक्त अवधिमा शेयर लगानीमा ५ अर्ब ७३ करोड ९९ लाख ४६ हजार रुपैयाँ र ऋण लगानीतर्फ २९ अर्ब १८ करोड ७२ लाख ४९ हजार रुपैयाँ परिचालन गरिएको छ ।

सरकारी लगानीबाट प्राप्त आम्दानी पनि उल्लेख्य रहेको छ । गत आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षकबाट ५६ अर्ब २० करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।

त्यसमध्ये लाभांशबाट मात्रै ५० अर्ब ९२ करोड ९५ लाख ४१ हजार रुपैयाँ प्राप्त भएको छ । यसैगरी लगानीको साँवा फिर्ताबाट २ अर्ब ८६ करोड ५२ लाख ६६ हजार रुपैयाँ तथा ब्याज आम्दानीबाट २ अर्ब ४० करोड ७६ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ ।

सरकारी लगानीको विस्तारसँगै त्यसबाट प्राप्त हुने प्रतिफल, व्यवस्थापन प्रभावकारिता र लगानी भएका संस्थाहरूको वित्तीय अवस्थालाई समेत महत्वपूर्ण मानिँदै आएको छ ।

0 Comments