काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि भट्टराईलाई मंगलबार बेलुका काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन् ।
स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।






