१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बञ्चरेडाँडा फोहर व्यवस्थापन सुधारका लागि समन्वय बढाउन सञ्चार मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । बञ्चरेडाँडा फोहर व्यवस्थापन स्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई प्रभावकारी समन्वय र तत्काल सुधारका काम अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्री तिमिल्सिनाको पहलमा सञ्चार मन्त्रालयमा भएको छलफलमा काठमाडौँ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग, ककनी गाउँपालिका लगायतका प्रतिनिधिहरूसँग फोहर व्यवस्थापनको वर्तमान अवस्था, स्थानीयवासीको समस्या र दीर्घकालीन समाधानका उपायबारे छलफल भएको हो ।

छलफलका क्रममा मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा क्षेत्रको नियमित अनुगमन, स्थानीय समुदायका गुनासा सम्बोधन, फोहर ढुवानी व्यवस्थापन सुधार तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे । उनले फोहर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

स्थानीयवासीले लामो समयदेखि बञ्चरेडाँडा पुग्ने सडकको अवस्था, फोहरबाट फैलिने दुर्गन्ध, ढुवानीका क्रममा अपनाइने सावधानी, फोहर विसर्जनपछि गरिनुपर्ने व्यवस्थापन तथा माटोले ढाक्ने प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै आएका छन् । यिनै विषयलाई सम्बोधन गर्न सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

बैठकमा बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका २१ स्थानीय तहबाट फोहर ल्याइने भए पनि व्यवस्थापनको मुख्य जिम्मेवारी र आर्थिक भार भने महानगरपालिकामै केन्द्रित रहेको विषय पनि उठाइएको थियो । फोहर व्यवस्थापनमा सहभागी सबै स्थानीय तहको जिम्मेवारी स्पष्ट गरी सहकार्यको प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

मन्त्री तिमिल्सिनाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक सुधारलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै स्थानीय तहका गुनासा तत्काल सम्बोधन हुने व्यवस्था मिलाउन आग्रह गरे । उनले फोहर व्यवस्थापनसँग सम्बन्धित काममा नियमित तथा आकस्मिक अनुगमन आवश्यक रहेको बताए ।

छलफलमा काठमाडौँ महानगरपालिकाले फोहरको स्रोतमा नै वर्गीकरण गर्ने, संकलन प्रणाली सुधार गर्ने तथा पुन:प्रयोगयोग्य सामग्री व्यवस्थापन गर्ने योजनाबारे जानकारी गराएको थियो । महानगरले विकेन्द्रित फोहर व्यवस्थापन अवधारणाअनुसार विभिन्न क्षेत्रमा वर्गीकरण तथा प्रशोधन केन्द्र विस्तार गर्ने योजना अघि सारेको जनाएको छ ।

महानगरका अनुसार हाल बञ्चरेडाँडा पुग्ने फोहरमध्ये करिब ६० प्रतिशत जैविक र ४० प्रतिशत अजैविक प्रकृतिको रहेको छ । स्रोतमा नै फोहर छुट्याउने अभ्यास प्रभावकारी नहुँदा अन्तिम व्यवस्थापनमा चुनौती थपिएको जनाइएको छ ।

बैठकमा वर्षायामका बेला सडकको अवस्थाका कारण फोहर बोकेका सवारीसाधन आवतजावतमा समस्या हुने, त्यसले दुर्गन्ध र स्थानीय जनजीवनमा असर पर्ने अवस्थाबारे पनि छलफल भएको थियो । दैनिक करिब दुई सयभन्दा बढी फोहर बोकेका सवारीसाधन बञ्चरेडाँडा पुग्ने गरेका छन् ।

सरकारले नुवाकोटको ककनी गाउँपालिका-२ र धादिङको धुनीबेँसी नगरपालिका-१ को सीमा क्षेत्रमा निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहर विसर्जन सुरु गरिएको थियो । करिब एक हजार ७९२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त स्थलमा उपत्यकाका विभिन्न स्थानीय तहबाट फोहर व्यवस्थापन हुँदै आएको छ ।

बैठकले बञ्चरेडाँडाको व्यवस्थापनलाई दीर्घकालीन, वातावरणमैत्री र प्रभावकारी बनाउन स्थानीय तह, सरकारी निकाय र अन्य सरोकारवालाबीच सहकार्य थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

0 Comments