काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू रहने गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञाअन्तर्गत वीरगञ्ज महानगरको पूर्वतर्फ प्रतिमा चोक तथा बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटले घेरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्तिको जमघट गर्न पाइने छैन।
त्यस अवधिमा ती क्षेत्रमा सभा, जुलुस, प्रदर्शन तथा सामूहिक भेला आयोजना गर्न पनि रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।







