४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेबाट निर्वाचित ६ स्थानीय जनप्रतिनिधि पदमुक्त

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट निर्वाचित भई पछि दलसम्बन्धी आचरण उल्लंघन गर्ने ६ जना स्थानीय तहका जनप्रतिनिधि पदमुक्त भएका छन् ।

सम्बन्धित दलको केन्द्रीय निर्णय तथा सिफारिसका आधारमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र सोसम्बन्धी नियमावली, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै उनीहरूको निर्वाचित पदमुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार एमालेले दल परित्याग गरेको र पार्टीको विधान अनुकूल गतिविधि नगरेको भन्दै कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधिहरूको हकमा कानुनी प्रक्रिया पूरा गरी पद रिक्त भएको सूचना सार्वजनिक गरिएको हो ।

पद गुमाउने जनप्रतिनिधिमा एक जना नगर प्रमुख, चार जना वडाध्यक्ष र एक जना वडा सदस्य रहेका छन् ।

आयोगको निर्णयअनुसार रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल शाह कानु तथा सोही नगरपालिकाका वडा नं. ४ का अध्यक्ष राम प्रवेश प्रसाद कुर्मीको पद मुक्त भएका छन्।

त्यस्तै, मोरङको बेलबारी नगरपालिकाका वडा नं. ३ का अध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिकाका वडा नं. १० का अध्यक्ष दल बहादुर राना, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नं. १४ का अध्यक्ष दिनेश कुमार राई र खोटेहाङ गाउँपालिका वडा नं. ४ का वडा सदस्य प्रदीप आचार्य पनि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार दलको अनुशासन र सदस्यताको विषयमा सम्बन्धित दलबाट प्राप्त निर्णयका आधारमा जनप्रतिनिधिको पद रिक्त गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

0 Comments