१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा हिमपहिरो : निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान मौसममा निर्भर

अ+ अ-

काठमाडौँ । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित विश्वकै १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा हिमपहिरो जाँदा विश्वप्रसिद्ध नेपाली मूलका आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ। बिहीबार दिउँसो हिमपहिरो गएको र त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले जनाएका छन्।

उद्धार तथा खोजी अभियान मौसममा निर्भर रहने जनाइएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार मौसम अनुकूल हुनासाथ हेलिकोप्टरसहित उद्धार टोली परिचालन गरिनेछ। पाकिस्तान सेनाले उद्धारका लागि दुई हेलिकोप्टर र आवश्यक उपकरणसहितको टोली समेत परिचालन गरेको जनाएको छ।

नेपाल–पाकिस्तानबीच उद्धार समन्वय
नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाकिस्तानको अल्पाइन क्लबसँग समन्वय गर्दै उद्धार प्रयासलाई सहयोग गरिरहेको जनाएको छ। के–टु क्षेत्रमा रहेका नेपाली शेर्पा टोलीहरू समेत उद्धारमा परिचालन भइरहेको र उद्धार हेलिकोप्टरबाट केही आरोही देखिएको भन्ने सूचना आए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।

टोलीमा पाँच नेपालीसहित विभिन्न देशका आरोही
सम्पर्कविहीन टोलीमा नेपालका निर्मल पुर्जासहित पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र एक पाकिस्तानी आरोही रहेका छन्। टोली विभिन्न नेपाली पर्वतारोहण कम्पनीमार्फत आरोहण अभियानमा सहभागी भएको जनाइएको छ।

दुई शव फेला परेको दाबी, आधिकारिक पुष्टि बाँकी
यसैबीच, घटनास्थलबाट दुई आरोहीको शव फेला परेको जनाइएको छ। यद्यपि उनीहरूको पहिचान प्रक्रिया जारी रहेकाले सम्बन्धित निकायले आधिकारिक पुष्टि गरिसकेका छैनन्। उद्धारमा संलग्न अधिकारीहरूले जीवित फेला पार्ने सम्भावना अत्यन्त न्यून बन्दै गएको बताएका छन्।

कीर्तिमानी आरोही हुन् निर्मल पुर्जा
नेपालमा जन्मिएका निर्मल पुर्जा सन् २०१९ मा विश्वका सबै ८,००० मिटरभन्दा अग्ला १४ हिमाल केवल करिब छ महिनाभित्र आरोहण गरेर विश्वव्यापी चर्चामा आएका थिए। उनले यसअघि सात वर्ष १० महिनाको कीर्तिमान तोडेका थिए। उनी पूर्व बेलायती रोयल मरीन सैनिकसमेत हुन् र पर्वतारोहण क्षेत्रमा विभिन्न गिनिज विश्व कीर्तिमान कायम गरिसकेका छन्।

0 Comments