१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न नेता तथा कार्यकर्ताहरूलाई गगन थापाको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनैपनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्य तथ्य जाँच गर्नुपर्नेमा जोड दिएका हुन् ।

सभापति थापाले नेपाली काँग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखा पर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी काँग्रेसकै भएको बताए ।

पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिवार बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने उनले जानकारी दिए । पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै थापाले संसदीय दलका नेता र सांसदहरूलाई समेत परिचालन गरिएको बताए ।

सभापति थापाले भने, ‘कुनैपनि विषयवस्तु सार्वजनिक हुने बित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्तिलाई त्यागौँ । राजनीतिक नेतृत्वले विवेकपूर्ण ढंगले सोच्नुपर्छ । सूचनाको गहिराइ र आधिकारिकता नबुझी प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्छ र त्यसले अपुष्प क्षति निम्त्याउन सक्छ । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो । हामी जिम्मेवार शक्ति भएकाले संयमित भएर सही सूचनाका साथ अघि बढ्नुपर्छ ।’

उनले वाह्य चर्चा र आलोचनाभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित हुन सबैलाई आग्रह गरे। छलफलमा केन्द्रीय नेताहरूका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

0 Comments