१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अदालती पत्रकारितामा संलग्न सञ्चारकर्मीलाई कानुनी ज्ञान आवश्यक’ : बार अध्यक्ष मिश्र

अ+ अ-

काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले अदालतसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारका लागि आधारभूत कानुनी ज्ञान र न्यायिक मर्यादाको समझ आवश्यक रहेको बताएका छन् ।

सर्वोच्च अदालतमा शुक्रबार आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले न्यायालयसम्बन्धी विषयमा रिपोर्टिङ गर्ने सञ्चारकर्मीको क्षमता र आवश्यक योग्यताबारे लामो समयदेखि छलफल हुँदै आएको उल्लेख गरे ।

उनले अदालतको बिट हेर्ने पत्रकारका लागि न्यूनतम कानुनी योग्यता निर्धारण गर्ने विषयमा अब स्पष्ट निष्कर्षमा पुग्नुपर्ने आवश्यकता रहेको धारणा राख। न्यायिक प्रक्रिया, अदालतको कार्यप्रणाली र कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी भएमा अदालती पत्रकारिता थप जिम्मेवार र प्रभावकारी बन्ने उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष मिश्रले कृष्णप्रसाद सिग्देलद्वारा लिखित ‘कानून पत्रकारिता’ पुस्तकको समेत चर्चा गरे । उनले उक्त कृतिले अदालत र कानुनसम्बन्धी समाचार लेखनका विविध पक्षलाई समेटेकाले यस क्षेत्रका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको भूमिका निर्वाह गर्ने बताए ।

पुस्तकमा समेटिएको ‘गलैँचा काण्ड’को सुनुवाइका क्रममा पत्रकारहरूले सामना गरेका चुनौती, सर्वोच्च प्रशासनको भूमिका तथा सम्भावित मानहानिका विषयले कानुन पत्रकारिताको संवेदनशीलता उजागर गरेको उनले उल्लेख गरे ।

अध्यक्ष मिश्रले न्यायिक संस्था र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप व्यवस्थित र मर्यादित बनाउन पत्रकारहरूमा कानुनी पृष्ठभूमिको ज्ञान आवश्यक रहेको बताए ।

0 Comments