१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणाली लागू गरिएको शिक्षामन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताएका छन् । 

शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिएका हुन्। 

उनकाअनुसार हाल नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने बाँकी विश्वविद्यालयहरूमा नियुक्ति प्रक्रिया अगाडि बढेको बताए । उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, सदस्यसहित अन्य उच्च पदस्थ पदाधिकारीको नियुक्ति सम्पन्न भइसकेको तथा बाँकी रिक्त पदहरूको पदपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। मन्त्री पोखरेलले नेपालमा पहिलो पटक सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपविना विज्ञ टोलीमार्फत खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गरिएको दाबी गरे । उनले विश्वविद्यालयमा सुशासन कायम गर्न, शैक्षिक वातावरण सुधार गर्न तथा वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख गर्दै हाल सबै विश्वविद्यालयले वार्षिक क्यालेन्डर तयार गरिसकेको जानकारी दिए ।

उनले अन्य विश्वविद्यालयहरूको ऐनमा रहेको व्यवस्थाका कारण उपकुलपति नियुक्तिमा ढिलाइ भइरहेको बताए। उनले कक्षा १२ को नतिजा प्रकाशनको क्रममा कुनै पनि लापरबाही नभएको समेत दाबी गरेका छन्। 

0 Comments