१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई-मधेशका घटनाको सत्यतथ्य छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्न नेकपाको माग

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तराई-मधेशका विभिन्न क्षेत्रमा पछिल्लो समय भएका हिंसात्मक घटनाको निष्पक्ष अध्ययनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सामाजिक तथा साम्प्रदायिक तनाव उत्पन्न हुने गरी भएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै घटनाको वास्तविक अवस्था सार्वजनिक गर्न स्वतन्त्र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सुनसरी, सिरहालगायत तराई-मधेशका क्षेत्रमा भएका झडपका क्रममा मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको जनाएको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बैठकले घटनाको पृष्ठभूमि, कारण, झडपको अवस्थादेखि स्थानीय प्रशासन र सुरक्षा निकायको भूमिकासम्मका विषयमा यथार्थ विवरण बाहिर ल्याउन सरकारसमक्ष निष्पक्ष छानबिनको माग गरेको हो।

नेकपाले नेपाल धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच सहअस्तित्व कायम गर्दै आएको मुलुक भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी विश्वासलाई मजबुत बनाउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

पार्टीले धर्म तथा संस्कृतिको विविधतालाई समाजको शक्ति र राष्ट्र निर्माणको आधारका रूपमा लिनुपर्ने धारणा राख्दै समुदायबीच विभाजन, घृणा र हिंसा फैलाउने गतिविधि स्वीकार्य नहुने जनाएको छ।

बैठकले सरकारमाथि समस्या समाधानका लागि पर्याप्त राजनीतिक संवाद र पहल गर्न नसकेको आरोप लगाउँदै परिस्थितिलाई केवल प्रशासनिक उपायबाट नियन्त्रण गर्ने प्रयास पर्याप्त नहुने धारणा राखेको छ। उसले सरकारलाई सबै सरोकारवालासँग संवाद विस्तार गरी दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ।

नेकपाले नेपालको संवैधानिक व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र सामाजिक न्यायका उपलब्धि कमजोर पार्ने तथा सामाजिक सद्भावमा असर पुर्‍याउने गतिविधिप्रति सचेत रहन नागरिकलाई आह्वान गरेको छ।

त्यस्तै, बाह्य प्रभावका कारण आन्तरिक सामाजिक सम्बन्धमा असर पर्ने अवस्था आउन नदिन सबै पक्ष सजग हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक र जिम्मेवार शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएको छ।

बैठकले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल, सामाजिक संघ-संस्था र समुदायसँग समन्वय गरी संवाद, सद्भावसम्बन्धी कार्यक्रम तथा आपसी विश्वास अभिवृद्धिका गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ।

तराई-मधेशमा देखिएको संवेदनशील अवस्थालाई राष्ट्रिय जिम्मेवारीका साथ सम्बोधन गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकले संयम, सहकार्य र जिम्मेवार व्यवहार अपनाउनुपर्नेमा नेकपाले जोड दिएको छ।

0 Comments