काठमाडौँ । न्याय प्रशासनको आवश्यकता र कार्य व्यवस्थापनलाई ध्यानमा राख्दै २० जना जिल्ला न्यायाधीशको काज सरुवा गरिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको निर्णयअनुसार विभिन्न जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूलाई काजमा खटाउने व्यवस्था मिलाइएको हो ।
न्यायालयको कामकारबाहीलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार प्रधान न्यायाधीशले जिल्ला न्यायाधीशलाई काजमा जिम्मेवारी तोक्न सक्ने प्रावधान रहेको छ । सोही अधिकार प्रयोग गर्दै पछिल्लो निर्णय गरिएको न्याय परिषद् सचिवालयका निमित्त सचिव रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
सूची :







