१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

अ+ अ-

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ । सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित बागमती नदी किनारमा सफाइ गरिएको हो ।

सफाइबाट आधा टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । कुहिने फोहर भने नदी किनारमा गाड्ने गरिएको छ । सफाइ महाअभियानबाट उठाइएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए ।

सफाइमा कामपा-११ का वडाध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं वाग्मती अभियानकर्मीहरूको सहभागिता थियो । सफाइका सहभागीले ५० थान विभिन्न जातका बिरुवा पनि वाग्मती नदी किनारमा रोपेका छन् ।

सो अवसरमा गत वर्ष रोपिएका बिरुवाको गोडमेल पनि गरिएको थियो । आगामी शनिबार ६९१औँ हप्ताको वाग्मती सफाइ पनि गुह्येश्वरी क्षेत्रकै वाग्मती किनारमा गरिने छ । अर्को हप्ता पनि वृक्षारोपण एवं गोडमेल कार्यक्रमलाई निरन्तरता दिइने सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर हुँदै आएको छ । महाअभियान सुरु भएदेखि वर्षा, गर्मी, जाडो, चाडपर्व, भूकम्प, कोरोना महामारीलगायत प्रतिकुल अवस्थामा पनि निरन्तरता पाउँदै आएको छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका अधिकांश सहायक नदीमा पनि सफाइ अभियान सुरु भएको छ । यसैगरी राजधानीमा चक्रपथका विभिन्न खण्डमा पनि सफाइ अभियान जारी छ । राजधानीका विश्व सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, बौद्धनाथ क्षेत्र, स्वयम्भूनाथ क्षेत्रमा पनि सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिर मुख्य सहर र प्रमुख नदीमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिरसमेत गरी हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ । वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट देशभर सफाइ अभियान भइरहेको हो ।

0 Comments