१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एकीकृत कानुन निर्माण गर्न कानुन कार्यान्वयन मापन आवश्यक छ’: पूर्वसभापति गुरुङ (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले एकीकृत कानुन निर्माण गर्न ऐन कानुन कार्यान्वयन मापन आवश्यक रहेको बताएका छन् ।

शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापन: महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उनले कानुनको जंगल बनाउन नहुने बताएका हुन् । उनले कानुन निर्माणको उद्देश्य केवल नयाँ ऐन थप्नु नभई विद्यमान ऐन, नियम र कानुनलाई चुस्त, दुरुस्त तथा प्रभावकारी बनाउनु पर्ने बताए ।

नेपालको विधायकी अभ्यास लामो इतिहास नभएको उल्लेख गर्दै गुरुङले विषयगत समितिमार्फत विधेयकमाथि विस्तृत छलफल गर्ने अभ्यास संविधान कार्यान्वयनपछि मात्र व्यवस्थित रूपमा अघि बढेको धारणा राखे। गुरुङले अहिले संघ, सात प्रदेश र ७५३ स्थानीय तह गरी कुल ७६१ तहबाट कानुन निर्माण भइरहेको उल्लेख गर्दै अत्यधिक संख्यामा ऐन थपिँदा कानुनको जङ्गल सिर्जना हुने खतरा रहेको बताए । प्रत्येक तहले वर्षमा १० वटा मात्रै ऐन बनाएमा पनि ७ हजार ६ सयभन्दा बढी ऐन थपिने उनको भनाई छ । कानुनको जङ्गल भएमा यसले अन्याय बढाउने उनले बताए । उनले एउटै प्रकृतिका कानुनलाई आवश्यक अध्ययनका आधारमा एकीकृत गर्नुपर्ने धारणा पनि राखे ।

उनले भने, ‘अब हामी ऐन ७६१ ठाउँबाट बनाउँछौँ नेपालमा ऐन, हैन रु ७५३ पालिका भयो, ७ वटा प्रदेश, ६० भयो, एउटा यहाँ संघ गर्दा ७६१ ठाउँबाट हामी ऐन बनाउँछौँ । ७६१ ठाउँबाट ऐन बनाउँदाखेरि एउटा ठाउँबाट १० वटा मात्रै ऐन बन्यो भने कति बन्छ ? ७६१० ऐन नेपालमा थपिन्छ, वर्षमा । अथवा अब एउटै–एउटै मात्रै बनाएको छ, भने पनि ७६१ ऐन त बन्ने भयो । ऐनको जंगल हुनु भनेको राम्रो होइन । ऐनको जंगल भयो भने अन्याय बढ्छ । मान्छे त छटपटाउनै पाउँदैन । त्यस हुनाले हामीले कतिपय ऐनहरूलाई मापन गरेर एकीकृत पनि बनाउनु पर्ने हुन सक्छ । जस्तै निर्वाचन ऐन अहिले कति वटा छ? ५ वटा कि ६ वटा छ । यत्रो ऐन किन चाहियो होला ? एउटा इलेक्सन ल भयो भने सबै राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश, स्थानीय तहको पनि, त्यो एउटै कानुनले काम गर्छ । अध्ययनहरू पनि भएका छन्, हामीले कानुनको जङ्गलबाट पनि यसलाई रोक्न जरुरी छ । त्यसैले हामीले जुन रिपोर्ट बनाउँछौँ, त्यो रिपोर्टलाई हामीले फलो–अप गरिरह्यौँ भने केही न केही कानुनको यो यसमा सुधारहरूको लागि सहयोग पुग्छ ।’

सांसद गुरुङले कानुन कार्यान्वयनको प्रभावकारिता मापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समितिले तयार गर्ने प्रतिवेदनको नियमित अनुगमन र कार्यान्वयन भए कानुनी सुधारमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले बैठकमा ऐन कार्यान्वयन मापन: महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।  

0 Comments