१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजेरियामा सैन्य कारबाहीमा १०२ आतंककारी मारिए, ३४५ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नाइजेरियाली सुरक्षा फौजले चालु जुलाई महिनामा देशका विभिन्न भागमा सञ्चालन गरेको सैन्य अभियानका क्रममा १०२ जना संदिग्ध आतंककारीहरू मारिएका छन् । उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राजधानी अबुजामा आयोजित मासिक पत्रकार सम्मेलनमा नाइजेरियाली सेनाका प्रवक्ता माइकल ओनोजाले अन्य सुरक्षा निकाय र स्थानीय स्वयंसेवक समूहको समन्वयमा यी कारबाहीहरू सम्पन्न गरिएको बताए । प्रवक्ता ओनोजाकाअनुसार यस अवधिमा ३९३ जना अपहरित व्यक्तिहरूको सफलतापूर्वक उद्धार गरिएको छ । 

‘यस महिना हामीले १०२ आतंककारीहरूलाई निष्कृय पारेका छौँ भने ३४५ आतंककारी र अपराधीहरूलाई पक्राउ गरेका छौँ ।’ ओनोजाले भने । उनले सैन्य दबाबका कारण ५७ जना विद्रोहीहरूले आत्मसमर्पण गरेको र कारबाहीका क्रममा ५९ थान हतियार तथा १ हजार ८११ राउन्ड गोली बरामद गरिएको समेत जानकारी दिए । 

यो सैन्य अभियान विशेषगरी आतंककारी, अपहरणकारी, सशस्त्र मिलिसिया र पृथकतावादी समूहहरू लक्षित रहेको बताइएको छ। देशको उत्तर–पूर्वी क्षेत्रमा सक्रिय बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स विरुद्ध सेनाले ठूलो सफलता हात पारेको छ । सोही क्रममा आइएसडब्ल्युएपीका मुख्य प्रचारक मानिने अबु सलिम अल–बरनवी समेत मारिएको सेनाले पुष्टि गरेको छ । यसैगरी, दक्षिणी नाइजेरियामा सेनाले आतंककारीहरूको बन्दोबस्तीका सामान आपूर्ति गर्ने सञ्जाल ध्वस्त पारेको छ भने तेल चोरीमा संलग्न संदिग्धहरूलाई समेत नियन्त्रणमा लिएको छ । 

नाइजेरिया लामो समयदेखि आतंकवाद, अपहरण, लुटपाट, सशस्त्र उग्रवाद, साना हतियारको अवैध विस्तार र किसान–चरवाहे बीचको द्वन्द्व जस्ता गम्भीर सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ ।

0 Comments