काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।
दुई दिनदेखि जनकपुरमा रहेका गृहमन्त्री गुरुङले मन्दिर पुगेर धार्मिक अनुष्ठानमा सहभागी भएको जनाइएको छ। जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले गृहमन्त्री गुरुङलाई स्वागत गर्दै फूलप्रसाद प्रदान गरेका थिए।






