१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इरानविरुद्ध आउने हरेक धम्कीलाई गम्भीर रूपमा लिन्छौँ’ : कार्यवाहक रक्षा मन्त्री

अ+ अ-

काठमाडौँ । इरानका कार्यवाहक रक्षा मन्त्री मजिद इब्न रेजाले आफ्नो देशविरुद्ध आउने कुनै पनि प्रकारका धम्कीलाई हल्का रूपमा नलिइने बताएका छन्। उनका अनुसार इरानले प्रत्येक सुरक्षा चुनौतीलाई वास्तविक मान्दै त्यसअनुसार आफ्नो तयारी अघि बढाउने नीति अवलम्बन गरेको छ।

इरानी समाचार संस्था आईआरएनएका अनुसार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले हाल सार्वजनिक भइरहेका अभिव्यक्तिलाई मनोवैज्ञानिक वा रणनीतिक युद्धको अंश हुन सक्ने उल्लेख गरे पनि इरानका लागि हरेक धम्की वास्तविक महत्वको विषय हुने बताएका छन्।

कार्यवाहक रक्षा मन्त्री रेजाले इरान कुनै पनि चुनौतीबाट नआत्तिने र निष्क्रिय नबस्ने उल्लेख गर्दै प्रत्येक धम्कीलाई सैन्य तयारी सुदृढ गर्ने, प्रतिरोध क्षमता अभिवृद्धि गर्ने तथा राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउने अवसरका रूपमा लिइने बताए।

उनले आफ्नो वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम भने उल्लेख गरेका छैनन्।

रेजाको प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पले इरान तथा मध्यपूर्वका केही मुलुकको आग्रहपछि इरानमाथि हुन सक्ने सम्भावित सैन्य कारबाहीको योजना तत्कालका लागि स्थगित गरिएको दाबी गरेको केही घण्टापछि आएको हो।

0 Comments