१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

अ+ अ-

काठमाडौँ । हिम पहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेको विद्यालयका शिक्षक शोकमा परेका छन् । पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिम पहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गरेको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् । 

सिंगो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन् ।

भाइ गुमाउँदा पीडाबोध गरिरहेका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाइ हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उनी भक्कानिए। “पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाइ भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाइ केही नभनी गयो ।” 

घरमा आएकाहरूसँग उनले भक्कानिँदै पीडा पोखिरहेका थिए । 

निम्स दाइको निधनपछि रामनगरस्थित घरमा आज तस्बिरमा माल्यार्पण गर्नुका साथै दीपप्रज्ज्वलन गरेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छिमेकी जीवनाथ पराजुलीले बताए । उनले भने, “हाम्रोभन्दा एक घर परको घरमा निम्सका माइलादाई बस्नुहुन्छ । त्यहाँ राखिएको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छौँ ।” 

उनको निधनले छिमेकीसमेत शोकमा परेका तारा कुँवरले बताइन् । बिहानैदेखि माइलालाईको घरमा श्रद्धाञ्जली दिन आउने क्रम जारी रहेको उनले बताइन् । 

माइलादाई जीतबहादुर पुर्जा यहाँको घरमा बस्छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ दानामा जन्मिएका उनले यहाँको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढेका थिए । सुरुमा आँपटारीमा रहेको स्कुल अहिले कल्याणपुरमा सरेको छ । कक्षा दशपछि उनी ब्रिटिस आर्मीका लागि गएका थिए । 

“म्याग्दीको दानाबाट बहिनी अनितासहित विसं २०५१ मा ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययन गर्न यहाँ आउनुभएका निम्सदाई सानैदेखि आवासमा बस्नुहुन्थ्यो । हालको भरतपुर महानगरपालिका-१ रामनगरमा घर भए पनि निम्स र उहाँकी बहिनी आवासमा बस्नुहुन्थ्यो”, उनका खेलकुद शिक्षक सुरेन्द्र बरालले भने । करिब सात वर्ष निम्ससँग समय बिताएको स्मरण गर्दै उनी सानैदेखि साहासी र अनुशासित स्वभावको भएको बरालले बताए । उनको निधनले आफूलाई पीडाबोध भएको उनको भनाइ छ ।  

स्मल हेभन स्कुलका छात्रावास प्रमुख शैलेन्द्र बरालले निम्स विद्यालयको अनुशासित विद्यार्थीका रूपमा रहेका बताए । उनले निम्सको निधनले सिंगो विद्यालय स्तब्ध भएको बताए । आठ वर्ष आफ्नै रेखदेखमा रहँदा निम्सको आँट देखेर ‘एक दिन महान् व्यक्ति बन्छ’ भन्ने लागेको उनले स्मरण गरे ।  

स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गीनीज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै अहिले निम्सको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताए । सिंगो देश र विश्वले चिनेको आफ्नो विद्यार्थी गुमाउनुपर्दाको क्षण अपूरणीय रहेको भन्दै उनले यसले देशलाई अपूरणीय क्षति पुगेको बताए । 

0 Comments