१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगी मुन्दराको निवासमा प्रहरीको खानतलासी, केही पनि फेला परेन

अ+ अ-

काठमाडौँ । उद्योगी बेनी गोपाल मुन्दराको विराटनगरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाका आधारमा सोमबार बिहान विराटनगर महानगरपालिका-७, गोश्वारा रोडस्थित उद्योगी मुन्दराको निवासमा खानतलासी गरेको हो। लामो समयसम्म गरिएको खोजतलासका क्रममा कुनै पनि आपत्तिजनक वस्तु वा सामग्री फेला नपरेपछि प्रहरी टोली रित्तै फर्किएको छ।

खानतलासीका क्रममा प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा घेरामा राख्दै सर्वसाधारणको आवतजावत तथा सवारीसाधन सञ्चालनमा समेत केही समय रोक लगाएको थियो। जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडकसमेत अस्थायी रूपमा अवरुद्ध पारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बेनीगोपाल मुन्दराको घरमा गैरकानुनी वस्तु लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। विस्तृत रूपमा खानतलासी गरिए पनि नगद, कागजात वा अन्य कुनै शंकास्पद सामग्री बरामद हुन नसकेको उनले बताए ।

उनले भने ‘ मुन्दराको घरमा गैर कानुनी चिज वस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेका थियौँ । लामो समय लगाएर घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो । तर, केही पनि फेला परेन ।’ यसबारेमा थप अनुसन्धान भइरहेको उनले प्रशासनलाई जानकारी दिए ।

0 Comments