१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने, पार्टीको निर्देशनअनुसार अघि बढ्छौँ’ : शेरधन राई

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको नेतृत्वसम्बन्धी निर्णय पार्टीभित्रको प्रक्रियाबाट छिट्टै टुंगिने बताएका छन्।

पार्टीका कोशी प्रदेश सभा सदस्यहरूको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै राईले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा अन्तिम निर्णय भई नसकेको बताए। उनले यो विषय पूर्ण रूपमा पार्टीको आन्तरिक निर्णयसँग सम्बन्धित रहेको स्पष्ट पारे।

राईका अनुसार नेकपासँग भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेश सरकारको पुनर्गठन एमालेकै नेतृत्वमा हुने सहमति छ। त्यसअनुसार आवश्यक निर्णय पार्टीको संस्थागत प्रक्रियाबाट अघि बढ्ने उनले बताए।

मुख्यमन्त्री चयनको विषयमा पार्टीको निर्णय नै अन्तिम हुने उल्लेख गर्दै उनले संसदीय दल र पार्टी संगठन दुवै पार्टीको नीति, निर्देशन र निर्णयअनुसार सञ्चालन हुने धारणा व्यक्त गरे। उनले आफू पार्टीको सचिव र प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेकाले पार्टीले गर्ने निर्णय कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए।

मुख्यमन्त्री हिक्मत कार्कीसँग व्यक्तिगत असमझदारी वा विवाद नरहेको स्पष्ट पार्दै राईले उनीसँग करिब ३२ वर्षदेखि राजनीतिक सहकार्य र सम्बन्ध रहँदै आएको उल्लेख गरे। उनले नेतृत्व चयनलाई व्यक्तिगत सम्बन्धसँग जोडेर नहेर्न आग्रह गर्दै यसलाई पार्टीको आन्तरिक व्यवस्थापनको विषयका रूपमा बुझ्नुपर्ने बताए।

0 Comments