१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात दलले २३ साउनमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने

अ+ अ-

काठमाडौँ । सात राजनीतिक दलले संयुक्त राजनीतिक सहकार्यका लागि ‘अग्रगामी मोर्चा’ गठन गर्ने निर्णय गरेका छन्। सोमबार भएको छलफलपछि उनीहरूले आगामी २३ साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने तयारी अघि बढाएका हुन्।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार मोर्चा घोषणा कार्यक्रम काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँमा रहेको काठमाडौं बैंक्वेटमा आयोजना गर्ने तयारी गरिएको छ।

घोषित हुने मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी तथा बहुजन एकता पार्टी नेपाल सहभागी रहने जनाइएको छ।

मोर्चा गठनको तयारीका विषयमा सोमबार ललितपुरमा शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तथा जसपा नेपालका नेता जितेन्द्र सोनललगायत सहभागी थिए।

छलफलपछि सहभागी दलहरूले आगामी २३ साउनमा संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ सार्वजनिक गर्ने निर्णय गरेका छन्।

0 Comments