काठमाडौँ । हर्मोज जलसन्धीमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच एक अस्थायी मार्ग निर्धारण गर्ने विषयमा वार्ता भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा ओमान र इरानबीच यससहितका विभिन्न प्राविधिक पक्षमा छलफल भइरहेको जानकारी दिए ।
उनकाअनुसार ओमानको जल क्षेत्रबाट जाने दक्षिणी मार्ग र इरानको क्षेत्रीय जल क्षेत्रबाट जाने उत्तरी मार्गलाई एउटा साझा मध्यवर्ती मार्गका रूपमा विकास गर्ने अवधारणामा वार्ता केन्द्रित छ ।






