१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योग मन्त्री यादवको आह्वान

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेकी छिन् ।

उनले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले नेपालमै उत्पादन भएका वस्तुलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री वितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन उक्त चिह्न आवश्यक रहेको बताइन् । त्यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने र गुणस्तर चिह्न प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको उनले जानकारी दिइन्।

मन्त्री यादवले नेपाल गुणस्तर चिह्न प्राप्त गरेका वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात तथा बिक्री वितरण गर्न सहज हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने बताइन् ।

हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेका छन् ।

पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । धेरै उद्योग तथा कम्पनीले उक्त चिह्न लिन बाँकी रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार नेपाल गुणस्तर चिह्नको प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्नुका साथै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै यसबाट विदेशी आयातमा निर्भरता घट्दै स्वदेशी उद्योग र उत्पादनलाई थप प्रोत्साहन पुग्ने विश्वास मन्त्रालयको छ ।

0 Comments