१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिना पुग्ने ग्यास मौज्दात भए तत्काल लाइन नबस्न एलपी ग्यास उद्योग संघको आग्रह

अ+ अ-

काठमाडौँ । एलपी ग्यास उद्योग संघ नेपालले उपभोक्तासँग कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भए तत्काल सिलिण्डर भर्न लाइनमा नबस्न आग्रह गरेको छ।

संघले बजारमा देखिएको ग्यास आपूर्तिको चाप व्यवस्थापन गर्न उपभोक्ता, उद्योगी, विक्रेता र नेपाल आयल निगमबीच समन्वय आवश्यक रहेको जनाएको छ।

संघका अनुसार विगतमा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्तालाई आधा सिलिण्डर (७.१ केजी) मात्र उपलब्ध गराइएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय अवस्था सहज भएसँगै ग्यास आयात नियमित भएको र अब पूर्ण क्षमताको १४.२ केजी सिलिण्डर वितरण पुनः सुरु गरिएको संघले जनाएको छ।

सबै उपभोक्ताले एकै पटक खाली सिलिण्डर भर्न खोज्दा बजारमा माग अस्वाभाविक रूपमा बढेको र त्यसले आपूर्ति व्यवस्थापनमा दबाब सिर्जना गरेको संघको भनाइ छ।

संघले बजारलाई सामान्य अवस्थामा फर्काउन नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। उपलब्ध ग्यासलाई विक्रेताले उपभोक्ताको आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी तथा व्यवस्थित रूपमा वितरण गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, ग्यास उद्योगहरूलाई नियमित रूपमा बजारमा आपूर्ति कायम राख्न र बजार सहज नहुँदासम्म नेपाल आयल निगमलाई नियमित परिमाणभन्दा थप ग्यास आयातको व्यवस्था गर्न संघले आग्रह गरेको छ।

0 Comments