१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग २४ घण्टे स्पष्टीकरण माग

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कविता कटवालसँग व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको छापा प्रकरणबारे प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण माग गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो। व्यवसायी मुदण्डाको घरमा छापा हान्नुको आधार, प्राप्त सूचना तथा कारबाहीको औचित्यबारे स्पष्ट पार्न भन्दै स्पष्टीकरण सोधिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले पुष्टि गरे।

मोरङ प्रहरीले व्यवसायी मुदण्डाको घरमा छापा हाने पनि कुनै आपत्तिजनक वस्तु वा प्रमाण फेला नपरेको भन्दै यसअघि जानकारी सार्वजनिक गरेको थियो।

सूचनाको पर्याप्त पुष्टि नगरी छापा मारिएको र त्यसबाट व्यवसायीलाई अनावश्यक दबाब तथा त्रास सिर्जना भएको भन्दै प्रहरी कारबाहीको आलोचना भएपछि प्रदेश प्रहरी कार्यालयले घटनाबारे जवाफ माग गरेको हो।

एसपी कटवाललाई छापा कारबाहीका क्रममा प्राप्त सूचना, त्यसको विश्वसनीयता, खोजतलासको आधार तथा कुनै प्रमाण फेला परेको भए सोसम्बन्धी विवरणसमेत पेस गर्न भनिएको छ।

0 Comments