२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको केरलामा भारी वर्षा र बाढीका कारण १५ जनाको मृत्यु, सात बेपत्ता

अ+ अ-

भारत । भारतको दक्षिणी राज्य केरलामा परेको अविरल वर्षा र त्यससँग सम्बन्धित विभिन्न घटनाहरूमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । 

राज्यमा बाढीको पछिल्लो अवस्थाबारे उच्च अधिकारीहरूसँगको समीक्षा बैठकपछि मुख्यमन्त्री भी।डी। सतिशनले सोमबार सञ्चारकर्मीहरूलाई सो जानकारी दिएका हुन् । वर्षा जारी रहेकाले सरकारले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तिब्र पारेको छ । 

सरकारी तथ्यांकअनुसार वर्षा र बाढीका कारण विस्थापित भएका ११ हजार १८ जनालाई राज्यभर सञ्चालित ३१६ वटा राहत शिविरमा आश्रय दिइएको छ । यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी अगस्ट ३ र ६ मा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको वेगमा चल्ने तिब्र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

 केरला, कर्नाटक र लक्षद्वीप तटीय क्षेत्रमा ६० किलोमिटरसम्मको हावा चल्ने र समुन्द्र अशान्त रहने सम्भावना रहेकाले माझीहरूलाई समुन्द्रमा नजान सुझाव दिइएको छ ।

भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्र (आईएनसीओआईएस) ले उत्तरी केरला तटमा २.७ देखि ३.५ मिटर सम्मका उच्च छालहरू उठ्न सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ । अविरल वर्षाका कारण एर्नाकुलमका नदीहरूमा जलस्तर बढेपछि नदी किनार र तल्लो क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ । 

प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र नदी, खोला, झरना तथा पानी जमेका क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई स्थानीय अधिकारीहरूको निर्देशन पूर्ण रूपमा पालना गर्न र नियमित रूपमा आधिकारिक जानकारीहरू लिइरहन अनुरोध गरिएको छ । 

0 Comments