२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा दुई यात्रुवाहक सवारी ठोक्किँदा सात जना घाइते

अ+ अ-

काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेस्थित चिसापानी-कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक सवारीसाधन एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३१६८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि लम्की पठाइएको प्रहरीले जनाएको छ । बसमा रहेका २७ यात्रु भने सकुशल रहेका छन् ।

दुर्घटनाबाट दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि सडकमा यातायात आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

घाइते हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका-१ की ५० वर्षीया लक्ष्मी शाही, लम्कीचुहा-५ की ५३ वर्षीया कृष्णा देवी टमटा र सोही स्थानकी ५५ वर्षीया बासु देवी टमटा रहेका छन् ।

त्यस्तै, कालिकोटको नरहरिनाथ गाउँपालिका-८ का ४८ वर्षीय प्रवे बिष्ट, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ की २१ वर्षीया बिना शाही र उनका एक वर्षीय छोरा लविश चन्द तथा अछामको बिनायक नगरपालिका-८ की २१ वर्षीया निर्मला सञ्ज्याल घाइते भएका छन् ।

0 Comments