२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अधिकांश श्रमिकहरू रोजगार सम्झौता नै नपढी विदेश जाने गरेको देखियो’ : सांसद थेबे

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रभावकारी रूपमा अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले श्रमिकहरू रोजगार सम्झौता (एग्रिमेन्ट) नै नपढी विदेश पुग्ने अवस्था रहेको बताएका हुन् ।

उनले श्रमिकहरूलाई सम्झौताका आधारभूत विषयहरू राम्रोसँग बुझाएर मात्रै रोजगारीको लागी पठाउनुपर्ने बताए । उनले भिजिट भिसामा श्रमको लागी मानिसहरू गएर अलपत्र पर्ने गरेको पनि बताए । उनले भिजिट भिसामा युएई लगायतका देशमा पुगेका नेपाली श्रमिकहरू श्रम स्वीकृति र कानुनी सुरक्षाबिनै जोखिममा काम गरिरहेको उल्लेख गरे ।

युएईस्थित नेपाली नियोगमार्फत भिजिट भिसामा पुगेकालाई श्रम स्वीकृति दिने प्रक्रिया सुरु भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोले त्यसलाई तत्काल अघि बढाउन उनले आग्रह गरे ।

सांसद थेबेले श्रम स्वीकृति नवीकरण र सामाजिक सुरक्षा कोष (एसएसएफ)लाई एकीकृत गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

एउटै प्रणालीबाट दुवै सेवा उपलब्ध गराएमा श्रमिकले अनावश्यक झन्झट र विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उनको भनाई छ । उनले सरकार-सरकार (जीटुजी) प्रणालीमार्फत व्यवस्थित रूपमा घरेलु श्रमिक पठाउने व्यवस्था गर्न सकिने सुझाव पनि दिए ।

उनले वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्यु बढ्दो संख्यामा रहेको बताए । अत्यधिक मदिरा सेवन, डिहाइड्रेसन, गर्मीमा काम, मिर्गौलासम्बन्धी समस्या र कार्डियाक अरेस्टका कारण मृत्यु बढेको उनको भनाई छ । उनले विदेशमा रहेका नेपाली श्रमिकको प्रभावकारी ट्रयाकिङ प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धाने पनि श्रमिकको सीप विकास, सुरक्षा र कल्याणमा राज्यले पर्याप्त लगानी राज्यले गर्न नसकेको टिप्पणी गरे । उनले अबदेखि बिना सीप श्रमिक विदेश पठाउने अभ्यास अन्त्य गर्न सरकारलाई आग्रह गरे ।

0 Comments