५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन खर्च घटाउन मतदाताले आफू बसेकै स्थानबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन अध्यक्ष घिसिङको माग

अ अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदाताले आफू बसेकै स्थानबाट आफ्नो गृह जिल्लामा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

शनिवार पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनका दिन आफ्नो स्थायी जिल्लामा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र मतदाता दुवैको खर्च बढाएको बताएका हुन् । उनले काठमाडौँमा बसेर डडेलधुराको मतदान गर्न पाउने व्यवस्था भए निर्वाचनमा हुने अनावश्यक यातायात खर्च कम हुने बताए । निर्वाचन प्रणालीलाई सहज र कम खर्चिलो बनाउन बेजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था स्पष्ट गर्नुपर्ने उनको माग छ । 

घिसिङले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिनुपर्ने बताए । विदेशमा रहेका सम्पूर्ण नेपालीले स्थानीय तहको निर्वाचनदेखि नै मतदान गर्न पाउने व्यवस्था सरकारले तत्काल लागू गर्नुपर्ने उनको जोड दिए । यसैगरी, स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्नुपर्ने माग पनि उनले उठाए । 

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले आफ्नो प्रतिबद्धतामा गैरदलीय स्थानीय निर्वाचनको विषय समेटेको उल्लेख गर्दै उनले आवश्यक ऐन संशोधन गरेर भए पनि त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । यस विषयमा आफूहरूले निर्वाचन आयोगमा ज्ञापनपत्र समेत बुझाएको उनले जानकारी दिए । प्रतिबद्धता कार्यान्वयन नभए पनि निर्वाचनमा सहभागी नहुने वा उम्मेदवारी नदिने भन्ने पार्टीको धारणा नरहेको उनले स्पष्ट पारे  ।

0 Comments