काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग अर्थ मन्त्रालयमा छलफल गरिरहेका छन्।
बुधबार बिहान सुरु भएको छलफललाई मन्त्री वाग्लेले साँझ आफ्नै कार्यकक्षमा दोस्रो चरणमा निरन्तरता दिएका हुन्।
बुधबार साँझ भएको दोस्रो चरणको छलफलमा नेपाल राष्ट्र बैंकका छ जना कार्यकारी निर्देशकको सहभागिता रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।






