काठमाडौँ । कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
सरकुवानकरक्टी गाउँपालिका वडा नं. ५, महेश्वारी टोलका १८ वर्षीय मोहम्मद अफरोज राईनले घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले उनको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको हो ।
राईन काठमाडौँ महानगरपालिका वडा नं. ३२, तिनकुनेमा बसिरहेको जानकारी प्राप्त भएपछि काठमाडौँ प्रहरी वृत्त बानेश्वरसंग समन्वय गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






