२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ ।

प्रदेश मन्त्रिपरिषद् आजको बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीको सेती, लम्किचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रावधानअनुसार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने र त्यसका लागि सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरिएको मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले जानकारी दिनुभयो ।

सहिद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा प्रादेशिक अस्पतालसँग सम्झौता गरी उपयोग गर्न सक्ने व्यवस्था छ ।

उक्त ऐनमा भनिएको छ, “विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको समन्वयमा अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा शिक्षण अस्पतालको रूपमा उपयोग गर्न सक्नेछ ।”

0 Comments