२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरोसिमा स्मृति दिवसमा विश्वलाई सन्देश : आणविक हतियारको प्रतिस्पर्धाले मानवता पुनः जोखिममा पर्न सक्छ

अ+ अ-

काठमाडौँ । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको बढ्दो जोखिमप्रति पुनः सचेत गराएको छ। समारोहमा विश्वका राजनीतिक नेतृत्वलाई आणविक प्रतिरोधको अवधारणा भन्दा निरस्त्रीकरण र दिगो शान्तिको मार्ग रोज्न आग्रह गरिएको छ।

हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित कार्यक्रममा करिब ५० हजार मानिस सहभागी भएका थिए। संयुक्त राज्य अमेरिका, इरानसहित करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिले पनि समारोहमा उपस्थिति जनाएका थिए। सन् १९४५ मा अमेरिकी बी-२९ बमवर्षक विमानबाट हिरोसिमामाथि आणविक बम खसालिएको समय बिहान ८:१५ बजे एक मिनेट मौनधारण गरी शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो।

समारोहलाई सम्बोधन गर्दै हिरोसिमाका मेयर काजुमी मात्सुईले विश्वका प्रमुख शक्तिबीच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति गम्भीर चिन्ता व्यक्त गरे। आणविक हतियारलाई सुरक्षा सुनिश्चित गर्ने माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई पुनः हिरोसिमा र नागासाकीजस्तै मानवीय त्रासदीतर्फ धकेल्न सक्ने उनको चेतावनी थियो।

शान्ति घोषणामार्फत उनले केही मुलुकका राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई सुरक्षा नीतिको आधारका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता दिने र आणविक हतियारमुक्त विश्व निर्माणको प्रयासलाई कमजोर बनाउने बताए। विगतका पीडादायी अनुभवबाट पाठ सिक्दै शान्ति स्थापनामा विश्व समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए।

जापानका प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक उक्त समारोहमा सहभागी हुँदै संयुक्त राष्ट्रसंघको आणविक अप्रसार सन्धिको संरचनाभित्र रहेर आणविक हतियारको प्रयोग नहुने विश्व निर्माणका लागि जापानले ‘यथार्थवादी दृष्टिकोण’ अपनाउने बताए। उनले जापानले युद्धपछिका तीन गैर–आणविक सिद्धान्तलाई निरन्तरता दिएको उल्लेख गरे।

यद्यपि सरकारले यसै वर्षको अन्त्यसम्म नयाँ सुरक्षा तथा रक्षा रणनीति तयार गर्ने तयारी गरिरहेका बेला परम्परागत गैर–आणविक नीतिमाथि पुनर्विचार हुन सक्ने चर्चा पनि जापानमा चलिरहेको छ। विशेष गरी देशभित्र आणविक हतियार प्रवेश गर्न नदिने सिद्धान्तको भविष्यबारे बहस तीव्र बन्दै गएको जनाइएको छ।

यता, हिरोसिमा र नागासाकीका जीवित पीडितहरूले विश्वभर पुनः चर्किँदै गएको आणविक प्रतिरोधसम्बन्धी बहसप्रति चिन्ता व्यक्त गरेका छन्। जापान अमेरिकी आणविक सुरक्षा छातामुनि रहेकाले सरकारले आणविक हतियार निषेधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गर्न वा त्यसका बैठकमा पर्यवेक्षकका रूपमा सहभागी हुनुपर्ने उनीहरूको माग स्वीकार गरेको छैन।

इतिहासअनुसार सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो। त्यसको तीन दिनपछि नागासाकीमा भएको दोस्रो आणविक आक्रमणमा करिब ७० हजार जनाले ज्यान गुमाएका थिए। त्यसलगत्तै अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।

हाल हिरोसिमा र नागासाकीका जीवित पीडितको संख्या ९१ हजार १०५ मा सीमित भएको छ। उनीहरूको औसत उमेर ८६ वर्ष नाघिसकेको छ। समयसँगै प्रत्यक्षदर्शीको संख्या घट्दै गइरहेका बेला युद्ध र आणविक विनाशको वास्तविक अनुभव भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता उनीहरूले पुनः औँल्याएका छन्।

0 Comments