२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले लागु औषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ, नवलपरासी पूर्व, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागु औषधसहित २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको महानगरपालिका-१६ बाइपास बस्ने ५३ वर्षीया शान्ति नगरकोटीलाई नियन्त्रित लागु औषध डाइजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र रु. दुई लाख २६ हजार ८५० सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासीपूर्वको देवचुली नगरपालिका-२ सिजी अगाडि अंकीत रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागु औषध डाइजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुलसहित दुई, सिन्धुलीको दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३४० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-१६ बाट पाँच, दुहबी नगरपालिका-५ फुटबल चोकबाट एक र इटहरी उपमहानगरपालिका-५ जन्ताबस्तीबाट एक जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ४९० मिलिग्रामसहित इलाम सुर्योदय नगरपालिका-४ का २६ वर्षीय सलमान थापालाई प्रहरीले पक्राउ गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४५ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु एक थानसहित ४० वर्षीय चन्देश्वर महतोलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागु औषधसहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रीतिक प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ८४० मिलिग्रामसहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साही, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट २७ वर्षीय सुमनकुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९४० मिलिग्रामसहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय विकास भुजेलसहित दुई, तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेबाट दुई, बझाङको जयपृथ्वी नगरपालिका-११ धामीलेखबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट एक र चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

0 Comments